दुई पक्षबीच झडप हुदा वीरगञ्जमा कर्फ्यु आदेश जारी

पर्सा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । वीरगञ्जमा हनुमान जन्मजयन्तीको अवरमार शोभायात्रा निकालिएको थियो । उक्त शोभायात्रामा दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कफ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररुप लिएकोे छ । आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।
शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले विरोध गरेपछि झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: