Bagmati Samachar Logo

वीरगञ्जमा सद्भाव भड्काएको आरोपमा चारजना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् । वीरगन्जमा गत शनिवार साँझ हनुमान जयन्तीमा सद्धमाव र्याली निकालेको थियो । उक्त र्यालीमा सद्धभाव भड्कदा आगजनी तोडफोड भएको थियो । उक्त तोडफोड आगजनी रोक्न प्रहरीले अस्रुग्यास, हवाइफायर गर्नुका साथै स्थानीय प्रशासनले कफ्र्यु गलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार त्यो दिन छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू धार्मिक हिंसा भड्काउनेगरी उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो ।

गत शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएको थियो ।