Bagmati Samachar Logo

विन्दालाई बोलाएरै भेटेर चिठी नै नभए केको कारबाही भन्ने ओलीले गरेका छन् ६ महिनादेखि निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पाण्डेलाई नयाँ वर्षको शुभकामना दिन सोमबार फोन गरेर मंगलबार भेट्न बोलाएका थिए ।

 

सोहीअनुसार पाण्डे मंगलबार ओलीलाई भेट्न बालुवाटार पुगिन् । भेटका क्रममा ओलीले पाण्डेसँग ४० मिनेट भन्दा बढी कुराकानी गरेका थिए । कुराकानीका क्रममा पाण्डेले पार्टीले गरेको भनिएको निलम्बनबारे चासो राख्दै चिठी नै नपाएको बताएकी थिइन् ।

काठमाडौँको कीर्तिपुरमा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि गरेको टिप्पणीका कारण ओलीले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए।

गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई निलम्बन गरिएको थियो। त्यही बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाला गरेको थियो।

बालुवाटार स्रोतका अनुसार पाण्डेले निलम्बनको पत्र नै अहिलेसम्म नपाएको र कहिलेदेखि फुकुवा हुन्छ भन्ने नै आफूलाई थाहा नपाएको भनेपछि ओलीले आश्चार्य व्यक्त गरेका थिए । ‘ए होर ? चिठी नै पाएको छैन ?’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चिठी नै नपाए त कारबाही नै हुँदैन नि ?’ पाण्डेले ओलीसँग भेट भएको स्वीकार गर्दै भेटका क्रममा आफूले लेखेको पुस्तक भुइँमान्छेले दिएको पनि बताइन् ।
बरु पाण्डे नेतृत्वको विभागले गर्नुपर्ने काम गजब थियो भन्दै ओलीले अहिले बरु हुन सकेन भनेका थिए ।

गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा. पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन र पूर्वउपाध्यक्ष डा.भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले निष्काशन गरेको थियो । पाण्डेलाई अहिले पनि एमालेको वेवसाइडमा निलम्बन भनेर राखकेको छ । पाण्डे मात्र होइन तिमिल्सेनालाई पनि निलम्बन भनेर साइडमा राखेको छ । सचिव टोपबहादुर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि कारागार चलान भएपछि निलम्बनमा छन् ।