Bagmati Samachar Logo

बुटवलमा युवतीमाथि गोली प्रहार

कठमाडाैं। बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गर्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको प्रहरील जानकारी दिएको छ । उनको कम्मर माथि गोली लागेको छ।

रुपन्देही एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले युवतीलाई गोली प्रहार गरेको जानकारी दिए ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको र गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।