कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा पुरुषको शव फेला

बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिकामा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ ।
मंगलबार बिहान बेलौरी नगरपालिका १० शिबनगरमा जलेको अवस्थामा शव र मोटरसाईकल फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तोरीको भुसामा जलेको अवस्थामा मोटरसाइकल र केहि पर शव फेला परेको छ ।
शव बेल्डाडी गाउँपालिका ३ का हरिकिसन रानाको भएको खुलेको छ । उनी भैंसी पालन गरि दूध बेच्ने काम गदै आएका थिए । मृतकका परिवार घटना स्थलमा पुगेका छ्न ।
परिवारलेजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन ।
प्रहरी पनि घटनास्थलमा छ । शब अब उठाएर पोस्टमार्टमको लागि पठाइने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्: