मिडियाले मसँग दुश्मनी राखे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले आफूसँग दुश्मनी राखेको बताएका छन् । उनले राजधानीमा भएकाे कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
उनले भने,‘शिक्षामन्त्रीले स्वास्थ्यका कारण काम गर्न सक्नुभएन । मेराविरूद्ध मैले असहयोग गरेको भनेर सबै मिडियाका हेडलाइन छ । एकैठाउँ बसेर लेखेजस्तो । टेलिफोन गरेर सबैले योजनाबद्ध ढङ्गले लेखेका छन् ।’
शिक्षामन्त्रीबाट विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छिन् । उनको राजीनामाबारे मिडियाले योजनाबद्ध रूपमा समाचार लेखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको उनले बताए । उनले भने, ‘एकजना मन्त्रीले राजीनामा दिनुभयो । प्रधानमन्त्रीले बसिखान दिनुभएन भनेर लेखेको छ । मैले काम लगाइराखेको छु । सिकाइराख्या छु । स्वास्थ्यका कारण काम गर्नसक्नुभएन । मेराविरूद्ध समाचार लेखियो ।’
कतिपयले शिक्षामन्त्रीको नभएर प्रधानमन्त्रीको राजीनमा आउनुपर्ने टिप्पणी गरेको भन्दै ओली आक्रोशित भए ।
प्रतिक्रिया दिनुहोस्: