Bagmati Samachar Logo

कक्षा १२ को परीक्षा सर्‍यो, २१ गतेबाट सुरु हुने

काठमाडौँ। कक्षा १२ को राष्ट्रिय परिक्षा सरेको छ । वैशाख ११ गतेबाट सुरु हुने भनिएको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि मात्र सुरु गर्ने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो।
आज बिहान बोर्डको बैठक बसेर परिक्षा नसार्ने ११ गतेबाट नै सुरु गर्ने निर्णय गरेको थियो । कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो। तर साँझ परिक्षा सार्ने निर्णयमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए ।

बोर्डको निर्णय शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। त्यस्तै ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।

भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गरिने छ ।