सहकारी ठगी आरोपमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार उनलाई कपनस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए । उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत ऋण सकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा फरार रहँदै आएकी थिइन् ।
सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्: